logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • उपचारमा कमी हुन नदिने प्रतिवद्धता ब्यक्त

    रेणुकालाई भेट्न अस्पतालमा पगे मन्त्री अथक

    रेणुकालाई भेट्न अस्पतालमा पगे मन्त्री अथक

    3.2K
    Shares
    रेणुकालाई भेट्न अस्पतालमा पगे मन्त्री अथक

     

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुगेका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

    प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । उनले घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।
    राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाईते भएकी रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया गरिएको थियो ।

    शल्यक्रियापछि अस्पतालमै उपचार गराईरहेकी नगरकोटीलाई भेट्न मन्त्री अथक बिहिबार बिहान ललितपुरको बी एण्ड बी अस्पताल पुगेका हुन् । उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरीएको अस्पताल प्रशासनले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend