logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • युवा शक्तिलाई स्वदेशमा बस्ने आकर्षण सरकारले पैदा गर्न सकेनः श्रममन्त्री कुँवर

    युवा शक्तिलाई स्वदेशमा बस्ने आकर्षण सरकारले पैदा गर्न सकेनः श्रममन्त्री कुँवर

    2.7K
    Shares
    युवा शक्तिलाई स्वदेशमा बस्ने आकर्षण सरकारले पैदा गर्न सकेनः श्रममन्त्री कुँवर

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भुमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताउका हुन् ।

    उनले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर विदेश पलायन हुनुपरेको बताए । मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेर विदेश पलायन भइरहेका युवा शक्तिलाई देशमै रोजगारको वातावरण सिर्जन गर्न सकेमात्रै देश समृद्धिको दिशातर्फ अघि बढ्ने बताए । उनले राज्यका नीति, ऐन, कानूनहरुलाई पनि परिमार्जित गर्दै स्वदेशमा नै कसरी सहुलियत दिने र उत्पादनमुखी कार्यहरु गर्ने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताए । मन्त्री कुँवरले आयातमा मात्रै भरपर्ने हो भने देशको राजश्व व्यवस्थापन र विदेशी मुद्राको सिञ्चिति गर्न कठिन हुने बताए । उनले सरकारले ल्याउने कुनैपनि ऐन,कानून जनता मारमा पर्ने किसिमका हुनु नहुने उल्लेख गरे ।

    उनले भने, ‘वैदेशिक रोजगारको आकर्षण छ । यो हाम्रो बाध्यता हो । कुनैपनि दाजुभाई विदेशमा जान चाहँदैनन् । जतिसुकै तलव होस् आफ्नो स्वाभिमान देशमा नै राख्न चाहन्छन् । तर चारैतिर ढोका बन्द भयोभने उसले भेन्टिलेट खोज्छ । भेन्टिलेटको रुपमा वैदेशिक रोजगारलाई लिएको हो । त्यसैले हामीले स्वरोजगारलाई उच्च प्राथमिकता दिनुपर्छ । स्वरोजगारका ठाउँहरु कहाँ छन्, स्वरोजगार प्रवद्र्धन गर्नको लागि र विदेशको आकर्षण गराउनको लागि हामीले देशमै कसरी रोजगारी सिर्जना गर्ने ? त्यसको खोजिमा ध्यान दिनुपर्छ । राज्यका नीति, ऐन, कानूनहरुलाई पनि परिमार्जित गर्दै कसरी सहुलियत दिने स्वदेशमा उत्पादनमुखी कार्यहरु गर्नको लागि ? अहिले किसान संख्या छ । ५० लाख जति हाम्रो युवा शक्ति विदेशमा छ । जग्गा, जमिन बञ्जर छन् । हाम्रा पुर्खा त्यहीँ धान फलाएर निर्यात गर्दथे । गहुँ, फलफूल निर्यात गर्थे । तर आज हामी चामल पनि आयात गर्छौं । जब हामी आयातमा मात्र भरपर्ने हुन्छौँ, त्यतिबेला हाम्रो विदेशी मुद्राको सिञ्चिति कसरी ब्यालेन्स होला ? राजश्व कसरी व्यवस्थापन होला ? त्यसैले हामीले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्नुपर्छ । आकर्षण पैदा त्यत्तिकै हुँदैन ? केही दिने बानीपनि बसाल्नुपर्छ । जनता मार्ने गरेर ऐनहरु आउनु हुँदैन ।’

    मन्त्री कुँवरले पत्रकार जगतलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्ने बताए । उनले गाउँका दूरदराजमा भएको घटनालाई समेट्नैपर्ने बाध्यता भएपनि सवारी साधन र आवश्यक सामग्री नहुँदा पत्रकारलाई असहज भइरहेको बताए ।

    उनले भने, ‘हाम्रो समाजमा दुईवटा क्षेत्र असाध्यै अपहेलित छ । पत्रकार पत्रकार भन्छौँ, सामान्य विषयमा पनि पत्रकारको विषयवस्तुलाई अर्कोतिर घुमाउँछौँ । केही कुरा गर्दापनि पत्रकार आउला कि ? हामी किन गल्ती गर्छौं । गल्ती नगर्ने हो भने त पत्रकारसँग डराउनु आवश्यक छैन नि । हाम्रो पत्रकारिता जगतलाई पनि सामाजिक सुरक्षा कोषसँग जोड्न पाएको भए झनै सुनमा सुगन्ध हुन्थ्यो, पत्रकारका आफ्ना पीडा छन् । गाउँमा कहाँ कहाँसम्म हिँडेर जानुपर्छ । समाचार त संकलन गर्नुपर्छ नै ।’

    मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाएर लैजान आवश्यक रहेको बताए । उनले हरेक राजनीतिकर्मीले फिल्डमा देखेका कुरालाई ठाउँमा पुग्दा बिर्सिनु नहुने पनि उल्लेख गरे । उनले सांस्कृतिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउन सके धेरै समस्या समाधान हुने भन्दै त्यसमा आफू पहल गर्ने बताए । उनले वैदेशिक श्रमलाई कसरी सम्मानित बनाउने भन्ने कुरामा विशेष जोड दिने र नेपाल र नेपाली श्रमीक गएका देशबीच भएको सम्झौता तथा समझदारी राम्रो भएपनि बीचका मानिसले श्रमलाई दुर्गन्धित बनाइरहेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend