logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै सांसद संग्रौलाको आक्रोश

    सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै सांसद संग्रौलाको आक्रोश

    2.4K
    Shares
    सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै सांसद संग्रौलाको आक्रोश

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद संग्र्रौलाले मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरेकी हुन् ।

    उनले किसानले मल कहिले पाउँछन ? त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन् । सांसद संग्रौलाले बाढि, पहिरो पीडितहरुलाई राहत दिने तथा उद्दार गर्ने र प्रकोप न्यूनिकरणका सम्बन्धमा सरकारले के गरिरहेको छ नि जिज्ञासा समेत राखिन् ।

    उनले भनिन्, ‘अहिले देशभरी नै बाढि, पहिरोका कारण जनजीवन आक्रान्त छ । बाटोघाटो अवरुद्ध छन । कतिपय क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । मानो रोपेर मुरी उमार्ने बेला किसानले मल पाएका छैनन, सभामुख महोदय । सरकारको ध्यान अन्यत्र मोडिएजस्तो देखिन्छ । किसानले मल पाउँछन कि पाउँदैनन ? पाए भने कहिले पाउँछन ? सदनलाई जानकारी गराउन र बाढि पहिरो पीडितहरुको राहत, उद्दारका साथै प्रकोप न्यूनिकरण गर्न सरकारले के गरिरहेको छ ? त्यसबारे जानकारी गराउन माग गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend