logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • गायिका दिलमायाको पोष्टमार्टम रिपोर्ट आयो, यस्तो छ मृत्युको कारण

    गायिका दिलमायाको पोष्टमार्टम रिपोर्ट आयो, यस्तो छ मृत्युको कारण

    4K
    Shares
    गायिका दिलमायाको पोष्टमार्टम रिपोर्ट आयो, यस्तो छ मृत्युको कारण

    काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ । असार ११ मा विहान उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् ।

    सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गायिकाका बुवा केशर बिकले हत्या आरोपमा किटानी जाहेरी दिएका छन् ।

    त्रिवि शिक्षण अस्पतलामा शव पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुन्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् ।

    १२ दिनदेखि प्रहरी हिरासतमा रहेका श्रेष्ठको बयानको आधारमा प्रहरीले महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिको झाडीबाट सल बरामद गरेको छ ।

    गायिकाको शव भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए । गायिकाको मोवाइल अझै फेला परेको छैन । मोबाइलबारे आरोपीले पनि आफुलाई थाहा नभएको बताएका छन् ।

    आरोपी श्रेष्ठले बिहान आफु ब्यूँझँदा गायिका झ्यालको भेन्टिलेशनमा पासो लगाएर झुण्डिएको देखेको बयान दिएका छन् । ‘बचाउन’ आफुले डण्डी फुकाउँदा उनको शरीर चिसो भएपछि छाडेर भागेको श्रेष्ठले प्रहरीलाई बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend