logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक १६.६० अंकले गिरावट

    नेप्से परिसूचक १६.६० अंकले गिरावट

    3.3K
    Shares
    नेप्से परिसूचक १६.६० अंकले गिरावट

     

    काठमाडौं । बिहीवार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । बुधवार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बिहीवार १६.६० अंक घटेर २०२७.३२ विन्दुमा झरेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंकले घटेको छ ।

    कारोबारमा आएका २२९ कम्पनीको ४७ लाख ११ हजार कित्ता शेयर १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीवार नेप्सेसँग कारोबार रकममा समेत गिरवट आएको छ ।

    नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अन्य सबैको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

    नेप्से गिरावट भएगँगै समिट लघुवित्तको शेयरमूल्य ५.२० प्रतिशत, लिबर्टी इनर्जीको ५ प्रतिशत, नयाँ सारथी लघुवित्तको ३.९७ प्रतिशत, गुराँस लघुवित्तको ३.८४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको ७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend