logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • साताको अन्तिम दिनको नेप्से परिसूचकमा ३४.७१ अंकले गिरावट

    साताको अन्तिम दिनको नेप्से परिसूचकमा ३४.७१ अंकले गिरावट

    2.8K
    Shares

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २।५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ ।

    कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड ८४
    लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । शुक्रवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

    विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

    नेप्से परिसूचकमा गिरावट आएपनि हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ५.४४ प्रतिशत घटेको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्सको शेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी घटेको छ ।

    साढे ५ करोडभन्दा बढीको कारोबार शिवम् सिमेन्ट्स कम्पनीले गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend