logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • वाचन गर्न ज्ञानेन्द्र शाहलाई वक्तव्यको ड्राफ्ट लेखेर दिएको ओलीको दाबी

    वाचन गर्न ज्ञानेन्द्र शाहलाई वक्तव्यको ड्राफ्ट लेखेर दिएको ओलीको दाबी

    3.1K
    Shares

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दाबी गरेका छन् । छविलाल कार्कीको स्मृति कार्यक्रममा २०६३ सालमा आफूले नै तयार गरेको ड्राप्ट ज्ञानेन्द्रले पढेको बताएका हुन् ।

    ‘२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतीमा पार्टीले तयार पारेको ड्राफ्ट हो । पार्टी कार्यालय बल्खुको अगाडि चौरमा रुद्राक्षको बोटमुनि बसेर मैले त्यो ड्राफ्ट गरेको थिएँ । त्यो ड्राफ्ट ज्ञानेन्द्रले पढेका थिए,’ उनले भने ।

    उनले त्यहाँ एउटा भंग गरेको संसद् पुनःस्थापना गरिएको र अर्को बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको भनिएको उल्लेख गरे । अध्यक्ष ओलीले माओवादीले जनयुद्ध गर्नुको उद्देश्य अर्कै रहेको समेत दाबी गरे ।

    छोटो बाटोबाट सत्तामा पुग्ने र आफ्नै भलाई गर्नु युद्धको उद्देश्य रहेको माओवादीलाई आरोप लगाए । माओवादीको राजतन्त्रसँग कार्यगत एकता र कम्युनिस्ट र कांग्रेससँग शत्रुता रहेको पनि उनको आरोप छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend