logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माकुराको घर बन्दै विद्यालयका कम्प्युटर

    माकुराको घर बन्दै विद्यालयका कम्प्युटर

    2.6K
    Shares
    माकुराको घर बन्दै विद्यालयका कम्प्युटर

    काठमाडौं । मुगु जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर माकुराको घर बनेका छन् ।

    ७ वर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षासँगै इन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, ४ वटा सिसी क्यामरा र इन्टरनेट सेवा सहयोग गरिए पनि उक्त विद्यालयमा विद्युत् नहुँदा कम्प्युटर, सिसी क्यामरा र इन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् ।

    ७ वर्ष पहिला विद्यालयमा वैकल्पिक सौर्य उर्जाबाट विद्यालयलाई सौर्य पाता सहितको विद्युत् सहयोग गरेको थियो । सोहीअनुरुप नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण कम्प्युटर, सिसी क्यामरालगायतका विद्युतीय उपकरण माग गर्दा उपलब्ध भएको थियो । तर, विद्युत् सेवाको सहज पहुँच नहुँदा लाखौ मूल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको छ ।

    विद्यालयमा कक्षा ६, ७, ८ सम्म कम्प्युटर शिक्षा विषय पढाई हुने भएकोमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको प्राधानाध्यापक चन्द्र बहादुर रोकायाले बताए ।

    लामो समयसम्म प्रयोगविहीन कम्प्युटरमध्ये केही बिग्रिएका छन् । विद्यालयमा ल्याइएको कम्प्युटर प्रयोगविहीन बन्दा विद्यार्थीलाई समस्या भएका अभिभावक चन्द्रविर बुढाले गुनासो गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend