logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बामपन्थी दलहरू मिलेपनि कांग्रेस आत्तिनु पर्दैन : माधव नेपाल

    बामपन्थी दलहरू मिलेपनि कांग्रेस आत्तिनु पर्दैन : माधव नेपाल

    2.6K
    Shares

    लुम्बिनी । नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बामपन्थी दलहरु मिलेपनि कांग्रेस आत्तिन नपर्ने प्रतिक्रिया दिएका छन् । समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    आगामी चुनावमा पाँच दलीय गठबन्धन कायमै रहने तर पार्टी गठबन्धनको मात्रै भर नपर्ने पनि उनले स्पष्ट पारे ।

    २०६३ सालमा आफूले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएको र २०६६ मा उनले आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै नेपालले बामपन्थी दलहरू मिल्दा कांग्रेस आत्तिन नहुने उनको भनाई थियो ।

    उनले आफ्नो पार्टी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझैसम्म नखुलेको बताए । पत्रकारले आउँदो चुनावमा एमालेसँग तालमेलको सम्भावना कत्तिको छ भनेर सोधेको प्रश्नमा अध्यक्ष नेपालले भने ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहांबाट बन्द हुनु ? हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ । हामीले उठाएका इस्युहरू ज्युंदै छन् ।’

    विश्वमा युद्धको कालो बादल मडारिएको र त्यसको बाछिटा एसियातिर पनि आउने चिन्ता बढेकाले नेपाल सजग बन्दै असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारीरुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

    नेपाल कुनै पनि शक्ति राष्ट्रसंगको सैन्य गठबन्धनमा सामेल हुन नहुनेमा जोड दिंदै अध्यक्ष नेपालले कुनै पनि सम्झौतामा सहमति जनाउनुअघि सरकार र दलहरु गहिरो अध्ययन गरेर मात्र निर्णयमा पुग्नुपर्नेमा जोड दिए ।

    अमेरिकी सहयोग परियोजना एमसीसीको ब्याख्यात्मक घोषणाको कार्यान्वयनबारे सरकारले फलोअप गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend