काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा आन्दोलनकारीले घेराबन्दी गरेका छन् । आन्दोलनकारीले घेरेपछि राष्ट्रपति राजापाक्षे निवास छोडेर भागेका छन् ।
मुलुकलाई आर्थिक संकटमा पुर्याएर परिवार पोसेको आरोप लगाउँदै आन्दोलनकारीले उनको निवास घेराउ गरेको अन्तराष्ट्रिय सञचार माध्यमले जनाएका छन् ।