logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्रष्टाहरुलाई गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन ओलीको आग्रह

    स्रष्टाहरुलाई गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन ओलीको आग्रह

    3.2K
    Shares
    स्रष्टाहरुलाई गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन ओलीको आग्रह

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गरेका छन् । छिन्नलता गीत पुरस्कार गुठीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गरेका हुन् ।

    उनले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाहरुको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस परम्परालाई निरन्तरता दिएरनै अघि बढनुपर्ने आवश्यक्ता औंल्याए । उनले भने, ‘म रचना गरिरहन सबैलाई आग्रह गर्दछु । हाम्रो साहित्यिक परम्परा, हाम्रो कवि परम्परा आजको होईन । यो परम्परालाई अघि बढाउ हामी कृतसंकल्पित छौं । गीतको क्षेत्रमा, संगीतको क्षेत्रमा, गायनको क्षेत्रमा हाम्रा साथीहरु प्रतिवद्ध हुनुहुन्छ । र, उहाँहरुलाई प्रोत्साहन गर्न हामी सबै तयार छौंं । नेपाली जनता पनि यस परम्परालाई अगाडि बढाउन प्रतिवद्ध छन ।’

    अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचनाहरु छन्दवद्ध र लयवद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताए । उनले नेपाल साहित्यिक रचनाहरुको पनि उद्गम थलो रहेको दोहो¥याए । कार्यक्रममा ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान समेत गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend