logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • देशभर शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्छ: शक्ति बस्नेत

    देशभर शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्छ: शक्ति बस्नेत

    3.3K
    Shares
    देशभर शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्छ: शक्ति बस्नेत

    काठमाडौं । प्रतिनिधि सभा सदस्य शक्तिबहादुुर बस्नेतले देशभर शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्ने बताएका छन् । उनले प्राथमिक, आधारभुत र माध्यामिक विद्यालयहरुको पूर्वाधारका लागि निश्चित मापदण्ड बनाउन र मापदण्डको आधारमा पूर्वाधार निर्माणको लागि आवश्यक बजेट विनियोजन गर्न माग गरे ।

    उनले भने – ‘सामुदायिक विद्यालयमा जहाँ विद्यार्थी छन्, शिक्षक छैनन् । शिक्षक जहाँ छन् विद्यार्थी छैनन् । जहाँ शिक्षक, विद्यार्थी छन् त्यहाँ पूर्वाधारको अवस्था छैन । कणार्ली प्रदेशमा शिक्षक विद्यार्थीको अनुपात १ः५६ को छ । अर्को प्रदेशमा १ः१६ को अनुपात रहेको अवस्था छ । कतिपय विद्यालयमा विद्यार्थीहरु खुला आकाशमा अध्ययन गर्न विवश छन् । तत्काल शिक्षकहरुको दरबन्दी मिलान गरियोस् । र विद्यार्थी, शिक्षकको अनुपात मिलाइयोस् । हरेक प्राथमिक, आधारभुत र माध्यामिक विद्यालयहरुको पूर्वाधारको एउटा मापदण्ड निश्चित गरियोस् । र मापदण्डको आधारमा पूर्वाधार निर्माणको आवश्यक बजेटको विनियोजन गरियोस् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend