logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काँग्रेसको केन्द्रिय समिति बैठकमा थप भ्रातृ तथा सुभेच्छुक संगठन निर्माण गर्ने प्रश्ताव पेश

    काँग्रेसको केन्द्रिय समिति बैठकमा थप भ्रातृ तथा सुभेच्छुक संगठन निर्माण गर्ने प्रश्ताव पेश

    2.9K
    Shares
    काँग्रेसको केन्द्रिय समिति बैठकमा थप भ्रातृ तथा सुभेच्छुक संगठन निर्माण गर्ने प्रश्ताव पेश

     

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेस पार्टीको केन्द्रिय समिति बैठकमा थप भ्रातृ तथा सुभेच्छुक संगठन निर्माण गर्ने प्रश्ताव गरिएको छ । सोमवार शुरु भएको नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकमा भ्रातृ तथा सुभेच्छुक संगठनहरुलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रश्ताव पेश भएको हो ।

    बैठकमा थप भ्रातृ तथा सुभेच्छुक संगठन निर्माणको प्रश्ताव पेस भएको नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताए । त्यसैगरी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा पनि छलफल हुने उनले बताए । प्रवक्ता महतले सोमवारको बैठकमा गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचार प्रसार समितिले गरेको कामको प्रतिवेदन पेस भएको जानकारी दिए ।

    उनले भने – ‘बैठकको मुल उद्देश्य भनेकै सुभेच्छुक, भ्रातृ संगठनहरुलाई गति दिनका लागि सबै क्षेत्रलाई समेटेर त्यहाँ संगठन निर्माण गर्न प्रश्ताव गएको छ, त्यो अगाडी बढ्छ । दोस्रो, स्थानीय तहको निर्वाचनको परिणामको समीक्षाको आधारमा हाम्रो के अनुभव रह्यो र कहाँ कहाँ हाम्रो के के कमी कमजोरी रह्यो, गठबन्धनमा कहाँ राम्रो भयो कहाँ समस्या आयो यसका आधारमा आउने दिनमा यो गठबन्धनलाई पनि कसरी लाने र पार्टी पनि कसरी प्रश्तुत हुने भन्ने बारेमा छलफल हुन्छ र त्यसमा हामी निस्कर्ष निकाल्छौँ । मुलतः अब आउने निर्वाचनमा हामी केन्द्रित हुन्छौँ । त्यसको लागि पार्टीलाई चुस्त, दुरुस्त ढंगबाट निर्वाचन अभियानलाई अगाडी बढाउने र समसामयिक राष्ट्रिय विषयवस्तु जतिपनि छन् चासो र चिन्ताका विषयहरु छन्, त्यस विषयमा पनि साथीहरुले राख्नुहुन्छ र समग्रमा केन्द्रिय समितिले नै साथीहरुको छलफलमा आएका कुराहरुको आधारमा हामी निस्कर्ष निकाल्छौँ ।’

    प्रवक्ता महतले पार्टीको सम्पूर्ण भ्रातृ संगठनहरु पूर्ण रुपमा क्रियाशिल र गतिशिल हुने बताए । उनले नेपाली काँग्रेस नेतृत्वको सरकारले जनताप्रति समर्पित हुँदै जनताका तत्कालिक आवश्यकताहरुलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए ।

    उनले भने– ‘चाँडै नै समग्र रुपमा हाम्रो पार्टीको समग्र भ्रातृ, सुभेच्छुक संगठनदेखि लिएर मुल पार्टी पूर्ण रुपमा क्रियाशिल हुन्छ । गतिशिल हुन्छ । त्यही अनुसार हाम्रो प्रचार अभियान अगाडी बढ्छ । परिचालन अभियान अगाडी बढ्छ । निर्वाचन केन्द्रित भएर अगाडी बढ्छ । मलाई लाग्छ यो सरकार पूर्ण रुपमा जनताप्रति समर्पित, जनताका तत्कालिक आवश्यकताहरु र देश र जनताको दीर्घकालिन जुन आवश्यकताहरु छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्नुपर्दछ । त्यो अनुसार जानुपर्दछ । यी विषयहरुमा पनि आएका सल्लाह, सुझावलाई हाम्रो पार्टी सभापति स्वयम् प्रधानमन्त्री हुनुहुन्छ । उहाँले सहस्र त्यसलाई ग्रहण गर्नुहुन्छ ।’

    उनले पार्टी केन्द्रिय समितिको बैठक केही दिनसम्म चल्ने जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तुहरुको सन्दर्भमा पार्टीका केन्द्रिय सदस्यहरुले धारणा राख्ने र समग्रमा केन्द्रिय समितिले धारणा बनाउने पनि उनले उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend