logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित छ: अध्यक्ष ओली

    सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित छ: अध्यक्ष ओली

    2.7K
    Shares
    सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित छ: अध्यक्ष ओली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने चेतावनी दिएका छन् । वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँडन नसकिने अध्यक्ष ओलीको तर्क थियो ।

    सोमबार च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा विभिन्न सञ्चार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भईसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताए । सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भईसकेकाले यसलाई कायम राखेर गए देशमा हंैजा फैल्याउने ओलीको भनाई थियो ।

    उनले सरकारका सबै अंगप्रत्यङ्ग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकीर समेत गरे । सबै अंगप्रत्यङ्ग काम नलागेकी सतीदेवीलाई भगवान शिवले समेत बचाउन नसकेको स्मरण गराउँदै ओलीले वर्तमान सत्तारुढ गठबन्धन र सरकारको हालत पनि त्यही भएको बताए । उनले मुलुक संघीय संसद र प्रदेशसभाको निर्वाचनमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको पनि दोहो¥याए ।

    अध्यक्ष ओलीले भने, ‘अव यो गठबन्धनको सरकार चाँही चलेन, काम लागेन भन्ने स्पष्ट भयो । र, यसैलाई बोकि रहन चाँही अव उपयुक्त हुँदैन । यही सरकार बोकेर हिँडनु, एउटा हदसम्म बोक्नु पर्छ । तर निष्प्राण भयो । त्यो हानिकारक छैन भने पनि बोक्नु हुँदैन । हानिकारक छ भने झन बोक्नु हुँदैन । यो त निष्प्राण पनि भईसक्यो र हानिकारक छ । यसले हैजा फैलाउँछ । यसले समाजलाई दुषित गर्छ । प्रयोजन सिद्धिसकेपछि जीवन्त नभईसकेपछि मरेको चिज बोकेर हिँडदाखेरी यो डेथ भईसक्यो गठबन्धन । देशका लागि यो मृत भईसक्यो । मृत भईसकेपछि सतिदेवीलाई शिवले काँधमा बोकेर हिँडदा भगवान शिवले बोकेर हिँड्दा त सतिदेवी काम लागिनन् भने यस्तो गठबन्धन बोकेर हिँडेर कुनै अर्थ छ ? यो कुनै काम आउन सक्छ ? यसको सबै अंग प्रत्यङग झेर एउटा अंग अस्ति झरेको देख्नु भयो । यसका अंगप्रत्यङग झर्दै जान्छन । भ्रष्टाचारी अंगहरु झरेर पीठ बन्छ ? त्यसकारण यो कुनै पीठ बन्नेवाला छैन । नकारात्मक दृष्टान्तहरु बन्छन । धब्बाहरु बन्छन । जहाँजहाँ यसका अंगहरु त्यो ठाउँ रुखो हुन्छ । त्यसकारण अव चुनावतर्फ देश जाँदा चुनावको सन्दर्भमा हामी प्रवेश गरिसक्यौं । त्यसकारण यस परमादेशी सरकारको कुनै अर्थ छैन । अहिले त्यत्ति भनौं बाँकि हामी सकेसम्म सहमतीको राम्रो बाटोमा जान चाहन्छौं । भएन भने पनि देशलाई कूबाटोमा जानबाट रोक्ने कोसिस गर्छौं ।’

    अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिलेनै टुटिसकेको हुने दावी समेत गरे । उनले गठबन्धनलाई नक्कली विहेको संज्ञा दिँदै त्यसो गरेर साँचो डिभोर्स गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पटकपटक दोहो¥याए । अध्यक्ष ओलीले सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित भएको आरोप समेत लगाए । उनले आगामी संघीय संसद र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीले देशको वास्तविक समस्या र तिनलाई समाधान हुने खालको एजेण्डा लिएर जनतामा जाने पनि स्पष्ट पारे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend