logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एकीकृत समाजवादीका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

    एकीकृत समाजवादीका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

    3.7K
    Shares
    एकीकृत समाजवादीका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ । सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा।डा।धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् ।

    सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए । तर उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्वीकार गरे ।

    ‘हामी उपकुलपतिज्यूलाई शैक्षिक बेतिथी रोक्न ज्ञापन पत्र बुझाउन गएका थियौं । गेटबाटै हामीलाई प्रहरी परिचानल गरी पक्राउ गरेपछि सामान्य तोडफोड भएको हो’ उनले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend