logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ: अध्यक्ष ओली

    संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ: अध्यक्ष ओली

    4K
    Shares
    संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ: अध्यक्ष ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताएका छन्। सोमबार दिउँसो सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले संविधान जारी गर्ने बखतमा हतार–हतार भएको बताए।

    ‘जे भए पनि हामीले संघीयता ल्याएको हो। यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं। अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मेहनत गरे पनि हुँदैन,’ ओलीले भने,‘सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ।’

    फरक प्रसंगमा ओलीले अहिलेको सरकार कसले चलाउँछ भन्ने प्रश्न उठेको बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको दाबी गरे।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend