काठमाडौं । राष्ट्रिय सभा सदस्य सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्व विद्यालयमा प्रश्नपत्र सम्बन्धि भएको बेस्थिति रोक्न सरकारलाई ध्यानाकर्षण गराएकी छन् । मंगलवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद रावल थापा पार्वतीले त्रिभुवन विश्व विद्यालयको गत वर्षको स्नातकोत्तर परिक्षा र यस वर्षको परिक्षामा एउटै प्रश्न दोहोरीएको विषय बाहीर आएकाले यस्तो खालको बेस्थिति सरकारले रोक्नु पर्ने बताइन् ।
उनले स्नातकोत्तर र स्नातक परिक्षको प्रश्नपत्र अङग्रजीमा र उत्तर लेख्दा नेपाली र अङग्रजी दुबैमा खुल्ला भएकाले यो व्यवस्था प्रश्नपत्र पनि नेपाली अङग्रजी दुबैमा राख्नु माग गरेकी छन् ।
उनले भनिन्,‘ वर्तमान परिस्थिती वेस्थिति बेस्थिती सरकार छ की छैन । थाहा छैन । त्रिभुवन विश्व विद्यालय हामी सबैको आवस्थाको धरोहर हो । त्रिवीको गत वर्षको स्नातकोत्तर परिक्षा र यस वर्षको परिक्षा एउटै प्रश्न दोहोरीएको छ । यो स्नातकोत्तर मात्रै कुरा होइन भर्खरै स्नातक तहको परिक्षामा पनि त्यही घटना दोहोरीएको छ । त्यो बेस्थिती कहिलेसम्म । हामी नेपाली हाम्रो नेपाल,हाम्रो राष्ट्रिय भाषा नेपाली हो संविधान र कानूनले नेपाली भाषालाई चिन्छ । तर हामीले बढ्ने स्नातकोत्तर र स्नातक अङग्रजीमा मात्रै आउँछ । उत्तर लेख्दा नेपाली र अङग्रजी दुबैमा खुल्ला छ । यस्तो हुँदा धेरै विद्यार्थीहरु फेल हुने अवस्था आएको छ । प्रश्नपत्र नेपाली अङग्रेजी दुबै र उत्तर पनि दुबैमा कायम गरियोस भन्ने सम्बन्धित निकायलाई धानाकर्षण दिन चाहान्छु ।’