काठमाडौं । राष्ट्रिय सभा सदस्य सांसद अनिता देवकोटाले संविधानले व्यवस्था भए बमोजिम तीन नै तहको सरकार नचलेको बताएकी छन् । मंगलवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद देवकोटाले यस्तो बताएकी हुन्।
उनले तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता,सहअस्थीत्व र समन्वयताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालना समेत नभएको बताइन् । देवकोटाले संविधानको रक्षाको लागि नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालनमा तीन तहका सरकारको ध्यान जानु पर्ने बताइन् ।
उनले भनिन्,‘ संघीयतासँगै नागरिकले स्थायी शान्त्ति सुव्यवस्था,सुशासन र दिगो विकास समृद्धिको ठूलो अपेक्षा लिएता पनि त्यो बमोजिम काम हुन सकेका छैनन्। तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता,सहअस्थीत्व र समन्वयताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालना भएको देखिदैन। संविधानको रक्षाको लागि नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालनमा तीन तहका सरकारको ध्यान जाओस् ध्यानाकर्षण गराउन चाहन्छु ।’