logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ गएको छैनः जितेन्द्र नारायण देव

    नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ गएको छैनः जितेन्द्र नारायण देव

    4.2K
    Shares
    नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ गएको छैनः जितेन्द्र नारायण देव

     

    काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताइएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका हुन् ।

    उनले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताए । उनले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नुभने मुर्खता र देशप्रतिको गद्दारी हुने बताए । सांसद देवले श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ सिक्नुपर्ने बताए ।

    उनले भने– ‘के कारणले श्रीलंका त्यहाँ पुग्यो ? नेपाल त्यहाँ पुगिराखेको छैन । म एउटा अर्थशास्त्रको विद्यार्थीको नाताले, राजनीतिको पनि विद्यार्थीको नाताले म यो कुरामा ढुक्क छु कि नेपाल त्यतातिर गइराखेको छैन । यो म कुनैपनि अर्थशास्त्रीसँग, कुनैपनि नेताहरुसँग, बुद्धिजिवीहरुसँग छलफल गर्न तयार छु । नेपाल त्यतातिर गइराखेको छैन । हिजो नेपाल राष्ट्र बैंकले जुन आर्थिक तथ्यांकहरु सार्वजनिक गरेको छ, त्यसले पनि इक्करेजिङ ट्रेन्डलाई देखाएको छ । तर के भन्दाखेरी सर्तकताको जरुरी छ । हामी कसैले कोभिडलाई मात्रै कारण देखाएर या रसिया र युक्रेनको युद्धलाई मात्रै कारण देखाएर पन्छिन खोज्यौँ भने त्यो मुर्खता हुन्छ । त्यो देशको प्रति गद्दारी, बेइमानी हुन्छ । विश्वासघात हुन्छ । मुलुक दुर्घटनामा जान्छ । त्यसकारणले सिक्नुपर्ने कुरा श्रीलंकाबाट के सिक्ने त्यो महत्वपूर्ण छ । त्यो शेरबहादुर देउवाको लागि पनि आवश्यक छ । त्यो पूर्वप्रधानमन्त्री केपी ओलीको लागि पनि आवश्यक छ । त्यो शेरबहादुर देउवा, प्रचण्डको लागि मात्रै आवश्यक छैन ।’

    उनले श्रीलंकाले निरन्तरको दुई दशकदेखिको गलत आर्थिक नीति, भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादको कारणले गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताए । उनले नेपालले कस्तो किसिमको ऋण लिने र कस्तो किसिमको ऋण नलिने यस विषयमा भने अर्थशास्त्री, राज्य सञ्चालक र मुख्य राजनीतिक शक्तिहरुका बिचमा बहश हुनुपर्ने बताए । सांसद देवले नेपाल सरकारले अहिले लिएको आर्थिक नीति सहि भएको बताए । सरकारले उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने नीति लिनु सहि भएको उनको भनाई छ ।

    उनले भने– ‘नेपालको अहिलेको सरकारले जे आर्थिक नीति लिएको छ । त्यो सहि छ । सहि नीति लिएको छ अहिले । यो म दाबा गर्न चाहान्छु । उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने जुन नीति छ । रेमिट्यान्सलाई फर्मल सेक्टरमा ल्याउने जुन नीति छ । सरकारको आर्थिक नीति ठिक छ । खालि नेपाल सरकारले हेर्नुपर्ने र हिजोका सरकार चलाउनेहरुले समिक्षा गर्नुपर्ने कुरा के छ भने कहिँ हामी त्यही कमिशन एजेन्ट र दलाल नोकरशाही पुँजिवादको घेरामा हाम्रो केन्द्रीय कार्यालय त छैन भन्ने कुरा समिक्षा गर्नु जरुरी छ । त्यतातिर ध्यान दिउँ ।’

    उनले विगतमा र अहिले सरकार चलाउने नेताहरुले आफु दलाल नोकरशाही पँजिवादको घेरामा रहे नरहेकोमा भने समिक्षा गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend