काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चोओबीच भेटवार्ता हुने भएको छ। उनीहरुबीच मंगलबार अपरान्ह ४ बजेपछि भेट हुने बताइएको छ।
नेता नेपाल निकट एक नेताका अनुसार नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ।