logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक ११.६८ अंकले वृद्धि

    नेप्से परिसूचक ११.६८ अंकले वृद्धि

    3.1K
    Shares
    नेप्से परिसूचक ११.६८ अंकले वृद्धि

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक पछिल्ला समय निरन्तर रुपमा उतारचढाव हुँदै आइरहेको छ । मंगलवार नेप्से परिसूचक ११.६८ अंक बढेर १९२७.२८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंकले बढेको छ ।

    मंगलवार कारोबारमा आएका २२६ कम्पनीको ४९ लाख ६७ हजार कित्ता शेयर १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलवार कारोबार रमकमा गिरावट आएको छ । सोमवार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी १.६५ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक १.३९ प्रतिशत, जलविद्युतको १.३८ प्रतिशत, व्यापारको १.३७ प्रतिशत र उत्पादन तथा प्रशोधनको १.३६ प्रतिशत बढेको छ ।

    नेप्सेसँगै सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ९.३५ प्रतिशत बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता नयाँ सारथी लघुवित्तको शेयरमूल्य यसदिन सर्वाधिक ४.६५ प्रतिशत घटेको छ । अरुण काबेली पावर कम्पनीले मंगलवार ७ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend