logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसदीय छानबिन समितिः अर्थ मन्त्रालयसँग सम्बन्धित कागजात र विवरण माग्ने

    संसदीय छानबिन समितिः अर्थ मन्त्रालयसँग सम्बन्धित कागजात र विवरण माग्ने

    3.7K
    Shares
    संसदीय छानबिन समितिः अर्थ मन्त्रालयसँग सम्बन्धित कागजात र विवरण माग्ने

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए ।

    उनले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि बताए । सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले आजको बैठको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गर्नुभएको बताए । सचिव अर्यालले अर्को बैठक बुधवार दिउँसोे बस्ने बताए ।

    उनले भने,‘ संसदीय छानबिन समितिको पहिलो बैठक ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक सिंहदबारमा बस्यो । यो भन्दा अगाडि सचिवालयलाई कार्यविधि बनाउन जिम्मा दिइएको थियो । तीन दिन लगाएर कार्यविधि बनाएका थियौं । बैठकका दुई वटा कार्यसूची थिए । कार्यविधिलाई समितिमा छलफल गरेर स्वीकृत गर्ने र अर्को समितिको सभापतिको निर्वाचन गर्ने विषय थियो । यो कार्यविधिमा विस्तृत रुपमा छलफल भयो । मान्य सांसदहरुले आफ्नो सुझाव राख्नुभयो । त्यो सुझावहरुलाई आधार मानेर अन्तिम कार्यविधि बनायो र त्यो कार्यविधि पारित गरियो । समितिको सभापति आन्तरिक छलफल गरेर सर्वसहमतिबाट चयन गर्ने छलफल भएको छ । बुधवार साढे दुई बजे अर्को बैठक बस्ने आवश्यक कागज सम्बन्धमा अर्थ मन्त्रालयसँग पत्राचार गरेर विवरण माग गर्ने निर्णय भएको छ ।

    पूर्व अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यी संसदीय विषेश छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहनुभएको छ भने समितिमा नेपाली काँग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन् । छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नु पर्नेछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend