काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् ।
बुधबार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदुत र नियौत व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।
उनले सरकारको अपेक्षा अनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरु भने भइरहेको बताए । मन्त्री बडूले व्यापारघाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे ।
उनले सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार
लागेको बताए । मन्त्री बडूले निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी नेपालमा भित्र्याउने काममा सरकार लागि परेको बताए ।
मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सकिने उल्लेख गरे ।