logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हुम्लामा सुत्केरीले पाएनन् पोषण भत्ता

    हुम्लामा सुत्केरीले पाएनन् पोषण भत्ता

    3.5K
    Shares
    हुम्लामा सुत्केरीले पाएनन् पोषण भत्ता

     

    हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन् ।

    सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको जनाएका छन् ।

    स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई रु दुई हजार भत्ता उपलब्ध गराउँदै आएको छ ।

    सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरीको सङ्ख्या बढी र प्रदेशले छुट्याएको रकम कम भएका कारण उनीहरुले भत्ता पाउनबाट वञ्चित भएका जनाइएको छ ।

    चालु आर्थिक वर्ष २०७८/७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको सो भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरुले गुनासो गरेका हुन् ।

    स्थानीय गीता परियारले स्वास्थ्य संस्थामा सुत्केरी भए मार्फतको तीन हजार सङ्घ सरकारको ससर्त अनुदान मार्फतको रकम आफूले प्राप्त गरेको भएपनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्याएको रकम नपाएको बताइन् ।

    यसभन्दा पहिले उक्त रकम स्वास्थ्य सेवा कार्यालयमा आउने र यो वर्षबाट प्रदेशले गाउँपालिका मातहतमा पठाउने गरेको हुँदा स्वास्थ्यकर्मी आफैं अन्यौलमा परेका छन् ।

    स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढी भएका कारण प्रदेश सरकारले छुट्याएको रकम अपुग भएको हुँदा भत्ता दिन नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।

    उक्त भत्ताका लागि यही असार २० गते रु ९२ हजार निकासा भइसकेको तर उक्त रकम पर्याप्त नभएपछि पुनः बजेट माग गरेको उनको भनाइ छ । तर प्रदेशबाट माग स्वीकृत नभएपछि समस्या भएको उनको भनाइ छ ।

    जिल्लाका सात गाउँपालिकामध्ये चङ्खेलीमा एक लाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा तीन लाख रकम निकासी भई वितरणको प्रक्रियामा रहेको स्वास्थयकर्मीहरुले जनाएका छन् । -रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend