काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ । ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको हो ।