logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि होः अध्यक्ष ओली

    ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि होः अध्यक्ष ओली

    2.9K
    Shares
    ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि होः अध्यक्ष ओली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि भएको बताएका छन् । उनले भने, ‘मैले गृहमन्त्रीको हैसियतमा गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय पनि सम्हालेको छु । र, मैले परराष्ट्र त आफ्नो ठाउँमा छ । प्रधानमन्त्रीको हिसावले पनि सम्हालेको छु । जस भित्र अरु मन्त्रालयहरु रक्षादेखि लिएर सबै मन्त्रालय पनि पर्छन, गृह पनि पर्छ । म दावी साथ के भन्न सक्छु भने–यी ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि हो ।

    उनले आफूले मानव अधिकारको उलंघन अहिलेसम्म नगरेको र अव पनि नगर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तीको कार्यकाल, जागिरको रुपमा नलिई आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पारे ।

    उनले भने, ‘मैले गृहमन्त्रीको हैसियतमा गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय पनि सम्हालेको छु । र, मैले परराष्ट्र त आफ्नो ठाउँमा छ । प्रधानमन्त्रीको हिसावले पनि सम्हालेको छु । जस भित्र अरु मन्त्रालयहरु रक्षादेखि लिएर सबै मन्त्रालय पनि पर्छन, गृह पनि पर्छ । म दावी साथ के भन्न सक्छु भने–यी ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि हो । मेरो लडाई भनेको मानव अधिकारका लागि । र, म अर्को के भन्छु भने–मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उलंघन गरेको छैन । मैले मानव अधिकारको उलंघन गरेको छैन । र, मानव अधिकारको उलंघन गर्दिन । त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाँही मानव अधिकारको उलंघनकर्ता ठान्ने भूल गर्छ भने त्यो भूल हो । हामीे मानव अधिकारका लागि मैले मानव अधिकार दिवसको अवसरमा पनि बोल्दा भनेको थिँए–मानव अधिकार मेरो जागिर होईन । मानव अधिकार मेरो एक कार्यकालको नियुक्ती होइन । मानव अधिकार मेरो आर्दश हो । मेरो निष्ठा हो । मेरो उद्देश्य हो । मेरो गन्तव्य हो । मेरो यात्रा हो । र, मेरो पुग्ने गन्तव्य हो । त्यसकारण मानव अधिकार आयोगका माननीय सदस्य सबै आउनु परेन तर कोही त आउनु पथ्र्यो । मानव अधिकारको क्षेत्रमा यो एलाईन्स क्रियाशील छ भने यसलाई उहाँहरुले आफूभन्दा पृथक होइन, सहयोगी ठान्नुपर्दथ्यो । अव उहाँहरु किन आउनु भएन । यसो मेरो अनुमान है । म एकिन पनि भन्न सक्दिन । यो चाँही मानव अधिकार विशुद्ध मानव अधिकार होइनकि भन्ने ठान्नु भयो कि ? विशुद्ध मानव अधिकार भनेको हुँदै हुँदैन । मानव अधिकार भनेको मानव अधिकार हो, त्यो अशुद्ध पनि हुँदैहुँदैन । त्यसकारण मानव अधिकारलाई विशुद्ध र अशुद्ध, आंशिक र पूर्ण ठान्ने धारणा भ्रान्ति हो, त्यो सही धारणा होइन । यदि उहाँहरुले त्यसो ठानेर नआउनू भएको हो भने त्यो नठान्दा हुन्छ भन्ठान्छु मैले ।’

     

    याे पनि:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend