logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालका पछिल्ला केही निर्णयहरुका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण: सांसद गजुरेल

    नेपालका पछिल्ला केही निर्णयहरुका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण: सांसद गजुरेल

    2.8K
    Shares
    नेपालका पछिल्ला केही निर्णयहरुका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण: सांसद गजुरेल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हरिबोल गजुरेलले नेपालका पछिल्ला केही निर्णयहरुका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण भएको बताएका छन् उनले नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको सदिक्षा रहेको भन्दै पछिल्ला निर्णयहरुका कारण नेपाल अस्थिर र अशान्त हुने हो कि भन्ने चिन्ता चीनमा रहेको बताए ।

    उनले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका वामपन्थीहरु एकै ठाउँमा आइदिउन् भन्ने चाहना राख्नु स्वभाविक भएको पनि बताए ।

    उनले भने– ‘मुख्यतः नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चिनको जहिलेपनि सदिक्षा हुन्छ । कतै नेपाल अस्थिर हुने हो कि, अशान्त हुने हो कि भन्ने चिन्ताले गर्दा अहिलेका केही निर्णयहरुले अलि सशंकित गराएको सन्दर्भमा यो भ्रमण भएको हो । चिनियाँ कम्युनिष्ट पार्टी नै भएको कारणले गर्दा स्वभाविक रुपमा वामपन्थीहरु एक ठाउँमा आइदिउन् भन्ने उनीहरुको चाहाना हुने नै भयो त्यो । स्वभाविक कुरो त्यसलाई हामीले अन्यथा लिनुहुन्न । तर पनि फेरि यहाँ एकता गर्ने, नगर्ने भन्ने कुरो नेपालको राजनीतिक दलहरुकै प्राथमिकताको विषय हो ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend