काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा भएको आगलागीस्थलमा महानगरका मेयर र उपयमेरले निरीक्षण गरेका छन् । मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले आगलागीस्थलको निरीक्षण गरेका हुन् ।
आज दिउँसो करिब ३ बजेतिर आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन । गोदामका सटर बन्द छन् । प्रहरीले बाहिरबाट आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ ।