logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता सम्बन्धी विधेयकमा राजनीतिक दलहरु बीचमा सहमती भएका कुरा मात्र राखिएको छ: कानुनमन्त्री

    नागरिकता सम्बन्धी विधेयकमा राजनीतिक दलहरु बीचमा सहमती भएका कुरा मात्र राखिएको छ: कानुनमन्त्री

    2.8K
    Shares
    नागरिकता सम्बन्धी विधेयकमा राजनीतिक दलहरु बीचमा सहमती भएका कुरा मात्र राखिएको छ: कानुनमन्त्री

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले नागरिकता सम्बन्धी विधेयकमा राजनीतिक दलहरु बीचमा सहमती भएका कुरा मात्र राखिएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले नागरिकता सम्बन्धी विधेयकलाई सर्वसम्मत बनाउने उद्देश्यले विवाद नभएका विषयहरु मात्रै समेटेर ल्याइएको बताए ।

    उनले विधेयकमा बुबा, आमा दुवै नेपाली नागरिक भएका सन्तानले नागरिकता पाउने, नेपालमा जन्मिएका नेपाली नागरिक र गैर नेपाली नागरिकका सन्तान नेपालमै बसोवास गरेका छन् भने नागरिकता प्रदान गरिने विषय समेटिएको बताए । मन्त्री शर्माले गैर आवासीय नेपालीहरुलाई पनि राजनीतिक अधिकार बाहेकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिनेगरी विधेयक ल्याइएको स्पष्ट पारे ।

    उनले भने– ‘एकमत बनाउने उद्देश्यका साथ जुन–जुन कुरामा विवाद छैन । जुन–जुन कुरामा दलहरु सहमत हुनुहुन्छ । त्यो कुरामात्र राखेर लिएर आएका छौँ । त्यसैले यो विधेयकलाई बेठिक भन्ने त कुरा छैन । यति पुगेन भन्न चाहीँ मिल्ला । बाबु–आमा दुवै नेपाली नागरिकका सन्तानहरुले यो विधेयक आइसकेपछि यो पास भइसकेपछि उहाँहरुले नागरिकता पाउनुहुन्छ । नेपालमा जन्मिएका नेपाली नागरिकका र गैर नागरिकका सन्तानहरु पनि यदि नेपालमा बसोवास गरेर बसेका छन् भने उनीहरुले पनि यस अन्तर्गत नागरिकता प्राप्त गर्दछन् । हामीले यसमा थपेको कुरा के हो भने गैर आवसीय नेपालीहरु जो विदेशमा बस्नुहुन्थ्यो, नेपाली नागरिकता त्याग्नुभएको थियो । उहाँहरुलाई राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिनेगरी यसमा ल्याइएको छ । नेपाली आमा, बाबुका सन्तानले नागरिकता नपाएको पाँच लाखभन्दा बढीको संख्या छ, त्यो समस्या यसले समाधान गर्छ ।’

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend