logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धन सरकार आफ्नो मुल उद्देश्यमा सफल: हरिबोल गजुरेल

    गठबन्धन सरकार आफ्नो मुल उद्देश्यमा सफल: हरिबोल गजुरेल

    2.6K
    Shares
    गठबन्धन सरकार आफ्नो मुल उद्देश्यमा सफल: हरिबोल गजुरेल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले गठबन्धन सरकार आफ्नो मुल उद्देश्यमा सफल भएको बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गजुरेलले वर्तमान सत्तारुढ गठबन्धन आफ्नो मुल उद्देश्यमा सफल भएको बताएका हुन् ।

    उनले सरकार प्रतिगमन बिरोधी मोर्चामा सफल भएको बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर पश्चगामी शक्तिलाई कमजोर बनाइएको पनि बताए । नेता गजुरेलले सरकारले कोभिड–१९ बिरुद्धको संघर्षमा प्रभावकारी काम गरेको बताए । उनले सरकारले सन्तुलित र जनमुखी बजेट ल्याएको उल्लेख गरे । अर्थतन्त्र धरासयी हुने चिन्ताको बीचमा सरकारले अर्थतन्त्रलाई स्थिर राख्ने कोशिस गरेको उनको भनाई छ ।

    उनले भने– ‘यो सरकारको काम मलाई लाग्छ प्रतिगमन बिरोधी मोर्चामा चाहीँ यो सफल भयो । पहिलेको सरकारको तुलनामा त्यस्तो धेरै आक्षेप, आरोप पनि यसले भोग्नुपरेन । पछिल्ला केही विषयहरु आएका छन्, त्यो त छानबिनकै प्रक्रियामा छ । खासगरी कोभिड बिरुद्धको संघर्षमा सरकारको काम प्रभावकारी भयो । सापेक्ष रुपमा सरकारले जुन बजेट ल्यायो त्यो बजेट पनि सन्तुलनको बजेट नै छ । जनमुखी बजेट आएको छ । त्यस अर्थमा सकारात्मक छ । तर कमी, कमजोरी त धेरै छन् । यसको मुल उद्देश्यमा सफल भएको छ । चुनावमा पनि गठबन्धन बनाएरै गयो । पश्चगामी शक्तिलाई कमजोर बनायो । अर्थतन्त्र पनि जसरी धरासायी हुन्छ भन्ने चिन्ता थियो त्यसलाई स्थिर राख्ने नै कोशिस ग¥यो । राष्ट्र बैंकसँग केही टसल परेपनि त्यसलाई पनि व्यवस्थापन ग¥यो । त्यो हिसावले सफल भयो । तर समग्र जनअपेक्षा अनुसार फेरि काम गर्न सकेको छैन ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend