logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले माग्यो पार्टीका ४ नेतासँग स्पष्टीकरण

    राष्ट्रिय प्रजातन्त्र पार्टीले माग्यो पार्टीका ४ नेतासँग स्पष्टीकरण

    3.2K
    Shares
    राष्ट्रिय प्रजातन्त्र पार्टीले माग्यो पार्टीका ४ नेतासँग स्पष्टीकरण

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ । पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण मागेको हो ।

    बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रशारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई उनीहरुलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend