logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालमा स्वतन्त्र नै छैनन् : प्रचण्ड

    नेपालमा स्वतन्त्र नै छैनन् : प्रचण्ड

    2.7K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको जमानामा स्वतन्त्र कोही पनि नहुने बताएका हुन् ।

    ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा,’ उनले भने, ‘अगाडि बढ्ने कि पछाडि फर्कने हो ? यो भन्दा अरु बाटो अहिले म नेपालमा देख्दिनँ ।’

    कार्यक्रममा उनले श्रमजिवीहरूले विज्ञान प्रविधिको प्रयोग गरेर कसरी लड्न सकिन्छ भनेर काम गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो समाजको चेतना वैज्ञानिक कुरालाई अनुसरण गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘विज्ञानलाई विश्व दृष्टिकोणको रुपमा स्वीकार्दै जानुपर्छ र नेतृत्वले यसको लागि संघर्ष गरिरहनुपर्छ ।’ विचारलाई भौतिक शक्तिमा रुपान्तरण गर्ने कुरा विज्ञानसँग नै सम्बन्धित हुने उनको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend