logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा

    विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा

    3.5K
    Shares
    विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता अनिलकुमार झाले विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातर्फ लैजान सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सूचना र विज्ञानको प्रयोग नकारात्मकतामा बढी प्रयोग भइरहेको बताए । नेता झाले विज्ञानलाई नेपालमा आफैले उत्पादन गरेर प्रयोग गर्न नसक्नु दुःखको कुरा भएको बताए । उनले आफैँले विज्ञान र प्रविधिको उत्पादन गरी प्रयोग गर्नसके मात्रे देशलाइृ फाइदा पुग्ने बताए ।

    उनले भने, ‘सूचना र विज्ञानको प्रयोग नकारात्मकतामा बढी प्रयोग भइरहेको छ । त्यसलाई सकारात्मकतिर कसरी लैजाने भन्ने विषयमा राज्य र सम्बन्धित निकायले पहल गर्नुपर्छ । विज्ञानलाई हामीले आफैले उत्पादन गरेर प्रयोग गर्न सकेका छैनौँ, अरुको उत्पादन प्रयोग गर्ने काम मात्रै गरेका छौँ ।’
    नेता झाले सरकारले विज्ञान र प्रविधिको क्षेमा उत्पादनका लागि लगानी गर्ने वातावरण बनाउन र स्वयं लगानी गर्न आवश्यक रहेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend