logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ड्युटीमा नगएपछि भरतपुर अस्पतालका चिकित्सक प्रशासनको कारबाहीमा

    ड्युटीमा नगएपछि भरतपुर अस्पतालका चिकित्सक प्रशासनको कारबाहीमा

    3.1K
    Shares

    भरतपुर । भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको भेटिएको छ । गत आइतबार सञ्चारमाध्यममा ‘भरतपुर अस्पताल २४ घण्टासम्म ड्युटीका चिकित्सक राउन्डमा नजाँदा ’ शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो । उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भङ्ग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए ।

    विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले मेडिकल र वृद्धवृद्धा वार्डका साथै क्याबिनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षणमा गरे पनि साँझ नगएपछि बिरामीका कुरुवाले गुनासो गरेका थिए । समाचार प्रकाशित भएपछि तचत्कालै प्रमुख पौडेल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सम्बद्ध चिकित्सकलाई कारबाही गरिने बताएका थिए ।

    भरतपुर अस्पताल सङ्घीय अस्पताल अन्तर्गत पर्दछ । सो अस्पतामा ६०० शय्या छन् । चितवनसहित २१ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि त्यहा पुग्ने गर्दछन् । चिकित्सक र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा बिरामी तथा तिनका आफन्तले हैरानी व्यहोर्नु व्यहोर्दै आएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend