काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गरेकी छन् ।
उनले बिहीवार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार भुसालले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भुमिका खेल्ने बताईन् ।
उनले आफ्नो भुमिका संवैधानिक परिषद्मा पनि हुने उल्लेख गर्दै सो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।