logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • त्रिभूवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको प्रश्नपत्र बाहिर ल्याउनेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन: देवेन्द्र पौडेल

    त्रिभूवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको प्रश्नपत्र बाहिर ल्याउनेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन: देवेन्द्र पौडेल

    3.4K
    Shares
    त्रिभूवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको प्रश्नपत्र बाहिर ल्याउनेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन: देवेन्द्र पौडेल

    काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभूवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिहरुलाई तत्काल कारबाही गर्नुको विकल्प नभएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्थास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    उनले त्रिभूवन विश्वविद्यालयले लिने परीक्षा पत्रमा यस्तो लापरबाही हुनु राम्रो नभएको भन्दै प्रश्नपत्र बाहिर ल्याउन संलगग् सबैलाई तत्काल कारबाही गरिने बताए । उनले अब त्रिभूवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले त्रिभूवन विश्वविद्यालय उच्च शिक्षा अध्ययन गर्ने ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने भएकाले पनि प्रश्न उठ्ने गरेको बताए ।

    उनले भने,‘ संसदमा सांसदहरुको उठाएका प्रश्नहरुमा हामी गम्भिर भएर छलफल गरिरहेका छौं । त्रिभूवन विश्व विद्यालयलाई नै हामीले पुनःसंरचना गरेर अगाडि नबडाउँदासम्म उच्च शिक्षाको ८० प्रतिशत व्ययभार व्यहोरेको हुँदा अरु विश्व विद्यालय ठूलो नभएकाले उनीहरु माथि प्रश्न उठ्दैन । त्रिभूवन विश्वविद्यालय ठूलो भएकाले प्रश्न उठ्छ । अरु विषयमा पदाधिकारीहरुसँग छलफल गर्दा हुन्छ । अहिले प्रश्नपत्रको विषय राख्नुभएको छ । को–को संलग्न छन् । कानून अनुसार प्रश्नपत्र बाहिर ल्याउनेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन । बाहिर प्रश्नपत्र प्रमाणपत्र बनाएको भेटिएमा तत्काल कारबाही अगाडि बढाएका पनि छौं । त्यो गर्न गम्भिर अपराध हो । अहिले तत्काल कारबाही गरौं ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend