logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • त्रिभूवन विश्वविद्यालयमा व्यवस्थापनबाट भएका कमीकमजोरीहरु तत्काल सुधार गर्नुपर्छः योगेश भट्टराई

    त्रिभूवन विश्वविद्यालयमा व्यवस्थापनबाट भएका कमीकमजोरीहरु तत्काल सुधार गर्नुपर्छः योगेश भट्टराई

    3.6K
    Shares
    त्रिभूवन विश्वविद्यालयमा व्यवस्थापनबाट भएका कमीकमजोरीहरु तत्काल सुधार गर्नुपर्छः योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले त्रिभूवन विश्वविद्यालयमा व्यवस्थापनबाट भएका कमिकजोरीहरु तत्काल सुधार गर्नुपर्नेबताएका छन् । उनले विद्यालयले स्नातकोत्तर तहको परीक्षा पत्र बाहिर ल्याउन संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्नु माग गरे ।

    उनले नेपालको सबैभन्दा ठूलो विश्व विद्यालयको विषयमा शिक्षा समितिमा पहिलो पटक त्यो पनि परीक्षामा प्रश्न पत्र बाहिरएको विषयमा छलफल गर्नु राम्रो नभएको बताए । उनले त्रिभूवन विद्यालयमा विद्यार्थीहरुले अनैतिक काम गर्दा विश्वविद्यालय रमिता हेरेर बस्न नहुने बताए ।

    उनले भने,‘नेपालको सबैभन्दा ठूलो विश्व विद्यालयको विषयमा शिक्षा समितिमा पहिलो पटक छलफल गर्दैछौं । त्यो पनि प्रश्न पत्रको विषयमा छलफल गर्दैछौं । धर्मकान्त बास्कोटा ज्यु नामले पनि एकदमै प्रख्यात व्यक्ति हुनुहुन्छ । विश्व विद्यालयको उपकुलपति उहाँलाई अगाडि राखेर हामीले नेपालको समग्र एकेडेमिक एजेण्डामा छलफल गर्नुपर्ने थियो । उहाँ जतिको बौधिक मान्छेसँग तर आज हामी उहाँलाई सारै लजास्पद विषयमा छलफल गर्नुपरेको छ । यो विद्यालय विश्वको १२ औं नम्बरमा पर्छ । करिव ६ लाख विद्यार्थी अध्ययरत छन् । १,१२० वटा कलेजहरु सम्बन्धन प्राप्त रहेका छन् । प्रश्नपत्र सम्बन्धमा संलगन सबैलाई तत्काल कारबाही गर्नुपर्छ । त्यसमा कुनै दुविधा गर्नु हुँदैन । विश्व विद्यालयको व्यवस्थापनको कमजोरी भएको भए सच्याउनु प¥यो । यदी विश्व विद्यालयमा उशृङ्खल गतिविधि हुन्छन् भने रमिता हेरेर बस्न हुँदैन । त्रिभूवन विश्वविद्यालयमा अनावश्यक गतिविधि गर्ने भिसीको टेवलमा आएर तोडफोड गर्ने विद्यार्थी कारबाही र रेस्टिकेट हुन्छ की हुँदैन । विश्व विद्यालयले त्यस्तो काम गर्नेलाई कारबाही गर्नु सक्नुपर्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend