logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काँग्रेस केन्द्रिय समिति बैठकः आगामी निर्वाचनका बारेमा छलफल

    काँग्रेस केन्द्रिय समिति बैठकः आगामी निर्वाचनका बारेमा छलफल

    3.4K
    Shares
    काँग्रेस केन्द्रिय समिति बैठकः आगामी निर्वाचनका बारेमा छलफल

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ । बिहीवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रिय सदस्यहरुले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

    उनले पार्टीलाई सुदृढ बनाउँदै जाने बारेमा पनि छलफल भएको बताए । प्रवक्ता महतले आजको बैठकमा सरकारले वर्ष दिनमा गरेको कामका बारेमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा जानकारी गराएको बताए ।

    उनले भने, ‘बैठक चालु छ । सबैको चासो चिन्ता, पार्टीलाई अब कसरी राम्रो बनाउने, निर्वाचनमा कसरी पार्टीले सफलता हासिल गर्ने, साथै देशको समसामयिक विषय, जनताका पीर, मर्का, चासो र चिन्ताका विषयहरुमा छलफल भएको छ । सरकारले गरेका कामका विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा कुरा राख्नुभयो । साउन १ वा २ गते अन्तिम निस्कर्ष निकालेर निर्णय गर्छौं ।’

    प्रवक्ता महतले पार्टीले साउन १ वा २ गते अन्तिम निस्कर्ष निकालेर निर्णय गर्ने जनकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend