logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्याराग्लाइडिङ विस्थापन हुने चिन्तामा पोखराका व्यवसायी

    प्याराग्लाइडिङ विस्थापन हुने चिन्तामा पोखराका व्यवसायी

    4.1K
    Shares

    पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले पोखराका व्यवसायी चिन्तामा परेका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ल्याउन सक्रिय व्यवसायी अहिले त्यही विमानस्थलका कारण झण्डै डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् ।

    पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सो को लागि प्याराग्लाइडिङलाई विकल्प खोजेर पोखराबाट सार्न निर्देशन दिइसकेको छ । तर, व्यवसायीले पोखराको आकाशबाट विस्थापन नगरी आफूहरुको व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

    प्याराग्लाइडिङको लागि दुई घण्टा समय तोकेरै भए पनि सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ । नेपाल हवाइ खेलकुद संस्थाका पूर्वअध्यक्ष योगेश भट्टराई प्याराग्लाइडिङको व्यवस्थापनमा सरकारले विशेष चासो दिनुपर्ने बताउँछन् । पोखराको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनभित्र पर्ने र साहसिक पर्यटकको लागि उपयुक्त गन्तव्य भएको व्यवसायीहरु बताउँछन् ।

    विश्वका कतिपय देशमा जहाज उडानसँगै ‘एयर स्पोर्टस्’ गतिविधि हुने गरेकाले आधुनिक प्रविधिको प्रयोग गरेर ती देशमा भएका अभ्यासको अध्ययन गरेर अनुशरण गर्न सकिने व्यवसायीको भनाइ छ । । नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म यस विषयमा विशेष चासो राखेर व्यवसायीको आवाजलाई सम्बोधन गर्नेतर्फ नलाग्नु दुःखद् भएको पूर्वअध्यक्ष भट्टराई बताउँछन् ।

    निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाइडिङ पनि हुने र अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन हुने बाटो खोज्नुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखरामा भइरहेका साहसिक उडानका गतिविधि रोकिँदा पर्यटकको पोखरा बसाई पनि घट्न सक्ने बताउँछन् ।

    पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि व्यावसायिकरुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका हुन् । अहिले पोखराका ६० कम्पनीमा करिब डेढ अर्ब रुपैयाँको लगानी छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend