logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विचारको गठबन्धन गर्न सत्तारुढ दललाई ओलीको आग्रह

    विचारको गठबन्धन गर्न सत्तारुढ दललाई ओलीको आग्रह

    3K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही विचारका लागि मात्रै गठबन्धन गर्न सत्तारुढ दललाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालमेलमा जोड दिएका थिए । त्यसका लागि आत्मसमीक्षा गर्न सबै तयार हुनुपर्ने उनले बताएका थिए ।

    जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता चन्द्र भण्डारीले पनि विदेश नीतिमा प्रश्न उठाएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका ओलीले आयोजकले गठबन्धनका राम्रा नेताहरुलाई छानेर ल्याएको टिप्पणी गरे ।

    ‘जे भनेपनि ताली बजाउने गरेर मात्र भएन, गठबन्धनभित्र सहीका लागि लड्नुपर्‍यो । लड्ने मात्र होइन, विचार व्यक्त गरेर छाड्ने मात्र होइन, एउटा नेताका हिसाबमा तपाईंहरुको कर्तव्य हुन्छ कि आफ्नो विचारमा आफ्नो पार्टी र गठबन्धनलाई पुर्‍याउने ।’ ओलीले भने ।

    ‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्‍याउनुपर्‍यो । पार्टीलाई पुर्‍याउनु हुन्न र विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरु ? पार्टी त तपाईहरु जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि ?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend