काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगीत भएपनि भोली नै प्रतियोगिता हुन्छ भन्ने लक्ष्यका साथ खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताएका छन् । नेपाल स्ट्रेन्थलिफ्टिङ महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुल्ला स्टे«न्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडी तयारी अवस्थामा रहुन पर्छ विशेष प्रशिक्षणलाई निरन्तरता दिने बताएका हुन ।
राखेपको कर्भड हलमा दुई दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन पछि बोल्दै सदस्य सचिव घिसिङले खेलाडीमा स्ट्रेन्थ निकै आवश्यक भएको र राखेपले पहिलो पटक फिजिकल परिक्षण गरेको बताए । घिसिङले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलको विशेष बन्द प्रशिक्षणहरु भइरहेको जानकारी गराउँदै नेपालमा स्टे«न्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने बताए ।
पहिलो पटक काठमाडौंमा आयोजना हुन लागेको प्रतियोगीतामा देशभरका ७५ भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा महिला र पुरुष खेलाडीले तीन विधामा प्रतिस्पर्धा गर्दैछन् भने विभिन्न तौल समूहले प्रतिस्पर्धा हुँदै छ । पहिलो दिनको खेलमा विभिन्न तौल समूहका खेल सम्पन्न भए ।
आयोजकले तौल उचालेको आधारमा आइतबार मात्र नतिजा घोषण गर्ने छ । समग्रको विजेताले किर्गिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जानकारी दियो । सहभागि खेलाडीलाई संघको आफ्नै खर्चमा सहभागि हुन पठाउनेछ ।
प्रतियोगितामा महिला तर्फ ५८ केजी, ६५ केजी र ६५ माथिको तौल समूहमा प्रतिस्पर्धा हुँदै छ भने पुरुष तर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुँदै छ । यस्तै मास्र्टस तर्फ ६५ केजी र ८५ केजी माथिको प्रतिस्पर्धा हुँदै छ ।