logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीमा स्कुटी अनियन्त्रित भएर लड्दा एक महिलाको मृत्यु

    सप्तरीमा स्कुटी अनियन्त्रित भएर लड्दा एक महिलाको मृत्यु

    5.7K
    Shares
    सप्तरीमा स्कुटी अनियन्त्रित भएर लड्दा एक महिलाको मृत्यु

     

    जनकपुरधाम । स्कुटी अनियन्त्रित भएर लड्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ। सप्तरीको शम्भूनाथ नगरपालिका–१० की ३० वर्षीया राजकुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

    शनिबार राति सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको मधेस प्रदेश–०१–००४ प ३३४७ नम्बरको स्कुटीमा आफँै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

    सो दुर्घटनामा घाइते भएकी राजकुमारीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकामा त्यहाँबाट थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो।

    धरानमा इसिजीपश्चात् चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend