logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मोदीसँग के कारणले भेट भएन मैले पनि थाहा पाएको छैन, तर कुनै टेन्सन छैन: अध्यक्ष प्रचण्ड

    मोदीसँग के कारणले भेट भएन मैले पनि थाहा पाएको छैन, तर कुनै टेन्सन छैन: अध्यक्ष प्रचण्ड

    3.2K
    Shares
    मोदीसँग के कारणले भेट भएन मैले पनि थाहा पाएको छैन, तर कुनै टेन्सन छैन: अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको तीन दिने भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा रद्द भएको स्वीकार गरेका छन् ।

    उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको बताए ।

    भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए ।

    ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको उनको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend