२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखुस्थित वनमा मानव कंकाल भेटिएको छ । साँखुस्थित फेदी वनमा खहरे खोला नजिकै मानव कंकाल फेला परेको हो ।
शवको कम्मर मुनिको भाग मात्रै देखिएको छ ।
प्रहरी प्रभाग साँखुबाट खटिएको टोली घटनास्थलमा पुगेको छ ।