logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ब्राउनसुगरसहित तीन जना पक्राउ

    ब्राउनसुगरसहित तीन जना पक्राउ

    4.2K
    Shares
    ब्राउनसुगरसहित तीन जना पक्राउ

     

    काठमाडौं । सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित भत्केको पुल नजिकैबाट तीन ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको बाँसगढी नगरपालिका–३ बस्ने २६ वर्षीय उमेश खत्री, २४ वर्षीय कृष्ण थारु र २९ वर्षीय सुनिल थारु रहेको प्रवक्ता सुकन शर्माले बताएका छन्।

    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस फुटाहाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

    भे ९ प ४०७० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको ब्राउनसुगर फेला पारेको हो। त्यसबेला उनीहरुको साथमा दुई थान मोबाइल सेट, १० हजार १ सय २० नेपाली रुपैयाँ, एउटा चाँदीको सिक्री र मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका तीनै जनालाई बरामद ब्राउनसुगर, सामान र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend