logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कम्युनिस्टबीच एकताको प्रयास हुँदैछ, जुट्नका लागि होइन फुट्नका लागि : ओली

    कम्युनिस्टबीच एकताको प्रयास हुँदैछ, जुट्नका लागि होइन फुट्नका लागि : ओली

    2.8K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु गरिएको बताएका छन् । बुधबार वागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले तत्कालीन नेकपामा रहेका बहुमत सचिवालय सदस्यहरूको मंगलबार सिंहदरबारमा भएको छलफलप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

    उनले जुट्नका लागि नभएर फुट्नकै लागि अभियान चलाइएको जिकिर गरे । ‘एउटा कहानी सुरु हुन्छ । आज सञ्चारमाध्यममा सुुन्नुभो होला एकताको अभियान’ उनले भने, ‘फेरि अर्को फुट चाहिएको छ नि अर्को फुटका लागि फेरि एकता अभियान सुरु भो । जुट्नका लागि होइन, फुटका लागि ।’

    सरकारमा रहेका कम्युनिस्ट घटकहरूबीच एकताको प्रयास भइरहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend