logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • फुटपाथ व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको सुनिश्चिता गर्नुपर्छ: सांसद बिष्ट

    फुटपाथ व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको सुनिश्चिता गर्नुपर्छ: सांसद बिष्ट

    3.3K
    Shares
    फुटपाथ व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको सुनिश्चिता गर्नुपर्छ: सांसद बिष्ट

     

    काठमाडौं । सांसद नरबहादुर बिष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई लखेट्ने काम गरेको भन्दै बिरोध गरेका छन् । उनले व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको सरकारले नै सुनिश्चिता गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद बिष्टले यस्तो बताएका हुन् ।

    उनले भने,‘ काठमाडौं महानगर पालिकाको फुटपाथमा रहेका व्यापारीलाई लखेट्ने काम भइरहेको छ । त्यसलाई व्यवस्थित तरिकाले करको दायरामा ल्याएर व्यापार गर्न दिन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सडकपेटीमा व्यापार गर्ने व्यापारीहरुलाई पनि करको दायरामा ल्याएर उनीहरुलाई रोजीरोटीको सुनिश्चिता गर्न सरकारलाई आग्रह गर्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend