logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारले बनाएका ऐन, कानून कार्यान्वयन भए-नभएको अध्ययन गर्न छुट्टै कानून निर्माण गर्नुपर्छ: प्रकाश पन्त

    सरकारले बनाएका ऐन, कानून कार्यान्वयन भए-नभएको अध्ययन गर्न छुट्टै कानून निर्माण गर्नुपर्छ: प्रकाश पन्त

    3.1K
    Shares
    सरकारले बनाएका ऐन, कानून कार्यान्वयन भए-नभएको अध्ययन गर्न छुट्टै कानून निर्माण गर्नुपर्छ: प्रकाश पन्त

     

    काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले सरकारले बनाएका ऐन, कानून कार्याज्वयन भए-नभएको अध्ययन अनुसन्धान गर्न छुट्टै कानून निर्माण गर्नुपर्ने बताएका छन् । बुधवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

    उनले सरकारका कानून बनाउने निकायले कानून बनाए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताए । सांसद पन्तले संसदले बनाएका कानून पालना भएको छ की छैन भनेर हुर्नुपर्ने स्थिति आएको बताए । उनले स्तरीय ऐन कानूनहरु निर्माणसँगै कार्यान्वयन नहुनुका कारण पहिल्याउँदै कार्यान्वयनयुक्त कानून बनाउनको लागि सरकार र सांसदले समन्वयात्मक भुमिका खेल्नुपर्ने बताए ।

    उनले भने,‘ नेपालका बनेका कानून बनाउने ठाउँबाट जिम्मेवार बन्न आवश्यक छ । कानून बनाउने ठाउँबाट पनि हामीले बनाएका कानून पालना भएको छ की छैन भनेर हुर्नुपर्ने स्थिति छ भने कानून निर्माण गर्नेले पनि कानून कार्यान्वयन भए÷भएन भनेर हेर्नुपर्ने अवस्था छ । यो तीनै तहमा आवश्यक छ । स्तरीय ऐन कानूनहरु निर्माणसँगै कार्यान्वयन नहुनुका कारण पहिल्याउँदै कार्यान्वयनयुक्त कानून बनाउनको लागि सरकार र सांसदले समन्वयात्मक रुपमा आवश्यकता रहेको छ । ऐन कानून कार्यान्वयनका सम्बन्धमा अध्ययन अनुसन्धानको लागि छुट्टै कानूनको आवश्यकता रहेको छ । यसको लागि कानून मन्त्रालयले छुट्टै कानून निर्माण गरोस् ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend