काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसीरमा हुन नदिने खतरा बढेर गएको आरोप लगाएका छन् । आगामी मंसीर भित्र दुवै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएपनि त्यसलाई पर सार्ने खतरा सत्तारुढ दलहरुबाटै हुने उनको आशंका थियो ।
ओलीले संविधान अनुसार फागुनमा हुनुपर्ने स्थानीय तह निर्वाचनलाई पनि आफूहरुको प्रयासले मात्रै बैशाख अन्तिममा गराउन सम्भव भएको जिकीर समेत गरे । उनले भने, ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसको परिणाम आईसकेको छ । त्यस सम्बन्धमा विभिन्न भ्रान्त धारणाहरु र त्यसलाई आधार बनाएर भ्रान्त धारणाहरु फैल्याउन खोजिएको छ । यस्तो अवस्थामा यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । अर्कातिर मंसीरमा संघीय संसदको लागि आम निर्वाचन र प्रदेशसभाहरुका लागि निर्वाचन हुनुपर्नेछ । यो निर्वाचन विभिन्न बहाना बनाएर परसार्ने खतरा छ । संविधानमाथिको थिचोमिचो, हामीले स्थानीय तहको निर्वाचनमा पनि देख्यौं । फागुनमा कानुन बमोजिम हुनुपर्ने निर्वाचन बैशाख अन्तिममा मात्रै भयो । अन्तिममा हुने स्थिति बन्यो । त्यो पनि नगर्ने, आगामी चैत्रमा मात्रै गर्ने भनेर गठबन्धनका नेताहरुले बोलिरहेका थिए, प्रयास गरिरहेका थिए । हाम्रो अगुवाईमा राष्ट्रिय प्रयासबाट ती असंवैधानिक सोच, क्रियाकलापविरुद्ध उठेको हुनाले त्यो सफल भएन । र, ढिलो गरेर भएपनि अन्तिम अवधि भित्रमा अर्थात बैशाख अन्तिममा स्थानीय निर्वाचन गर्नुप¥यो । ’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ धकेल्न खोजेको भन्दै आपत्ति समेत जनाए ।