logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमित गठन

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमित गठन

    3.9K
    Shares
    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमित गठन

    काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न उपसमित गठन गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक भएका १४ समिति मध्येमा १२ समितिमा संयोजक र सचिवको टुङ्गो लागेको छ भने दुई उपसमितिका संयोजक र सचिवहरु तोक्न बाँकी रहेको घिसिङले बताए । सार्वजनिक उपसमिति अन्तर्गत समारोह समितिमा राखेपका सदस्य एकेन्द्र बहादुर कुँवरलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवको जिम्मा राखेपका प्रशासकिय अधिकृत शारङ्गिन् निरौलालाई तोकिएको छ । यस्तै प्राविधिक उपसमितिमा हिमालराज दाहाललाई संयोजक तोकिँदा प्रचण्ड शर्मा सचिव रहेका छन् ।

    खेल स्थल व्यवस्थापन उपसमितिमा राजेश गुरुङलाई संयोजकको जिम्मा दिँदा कृष्णप्रसाद तिमिल्सिनालाई सचिवको जिम्मेवारी दिइएको छ । अनुशासन उपसमितिमा पेमा लामा संयोजक हुनुहुन्छ भने नारायणराज अर्याल उपसमितिको सचिव रहेका छन् । बसोवास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमारथापा र प्रशासकीय अधिकृत चन्द्रकुमार राईलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ । यस्तै स्वास्थ उपसमितिमा डा. बुलन्द थापा संयोजक छन भने सचिवमा ज्ञानेन्द्रविक्रम शाहलाई तोकिएको छ । यातायात व्यवस्था उपसमितिमा राखेप सदस्य प्रकाश कुसारीलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवमा देवराज कटुवाल रहेका छन् ।

    यस्तै प्रचार प्रसार उपसमितिमा संयोजकको जिम्मा दीपेन्द्र विष्टलाई प्रदान गरिँदा सचिव खुसराज दाहाल रहनुभएको छ । खेल सामग्री तथा पोशाक व्यवस्थापन उपसमितिमा संयोजक अञ्जन धमला छन् भने सचिवमा आपूर्ति तथा भण्डार शाखाका सुजन खतिवडा छन् । यस्तै स्रोत परिचालन उपसमितिमा सूर्य भण्डारीलाई संयोजक तोकिएको छ भने सरोजकुमार पोख्रेल सचिव चुनिएका छन् । स्वंसेवक उपसमितिमा जनक बर्तौला छन् भने लिलाराम बस्नेत सचिव छन् । एन्टिडोपिङ उपसमितिमा नमिसमान प्रधानलाई संयोजक तोकिएको छ भने सचिव दोबे तामाङ छन् । बाँकी दुई उपसमिति सुरक्षा प्रवन्ध र अनुसाशन उपसमितिको टुङ्गो लाग्न बाँकी छ । दुई उपसमितिको टुङ्गो आगामी बैठकपछि निर्धारण हुनेछ ।

    नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुनेछ । सात प्रदेश, तीन विभाग र एनआरएनए गरि ११ टिमले ३६ खेलमा प्रतिष्पर्धा गर्ने प्रतियोगितामा पौडी र सुटिङको प्रतिष्पर्धा काठमाडौंमा हुने सम्भावना रहेको प्रतियोगिताका संयोजक टंकलाल घिसिङले बताउनु भयो । यस्तै हक्की र रग्बीको टुङ्गो खेल स्थलको निरिक्षण पश्चात हुनेछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend